काठमाडौँ, रामेछापको सेलेघाटमा बा २ ख २९८२ नम्बरको माइक्रो बस दुर्घटना हुँदा चालक सहित १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापको अनुसार सेलेघाटको मोडमा ब्रेकफेल हुँदा उक्त दुर्घटना भएको हो ।
प्रहरी र स्थानियको सहयोगमा घाइतेहरुको उद्धार भइ हाल उनीहरुको शुभजिवन हस्पिटल खर्कोटमा उपचार भैरहेको छ । गाडी दुर्घटनाको बारेमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले जानकारी दिएका छन् ।
घाइतेहरुको अवस्था सामान्य रहेको छ । गाडी चालक सन्ताेष गाेलेको सावधानीले ११ यात्रुको ज्यान बचेको छ । चालकले गाडी भित्तामा नपल्टाएको भए सिधै तामाकोसीमा पुग्ने थियो ।






