काभ्रेपलाञ्चोक, १ असोज । रोसी गाँउपालिका–२ काफलडाँडा स्थित तीनधारे झरनाको चर्चा एकाएक चुलिएको छ । केही समय अघिसम्म गुमनाम झरना हेर्न दैनिक हजारौँ मानिस आउजाउ गर्न थालेपछि यसको चर्चा चुलिएको हो ।
लकडाउनको मध्य समयदेखि झरनाले सामाजिक सञ्जालमा‘बाहुबली झरना’को नामबाट चर्चा पाउन थालेको थियो । बलिउड चलचित्र ‘बाहुबली’मा देखाईएको झरनासँग तुलना गरिएसँगै देशका विभिन्न स्थानबाट मानिसहरु आउन थालेका हुन् ।
पछिल्लो समय झरनामा पुगेर फोटो,भिडियो लिनेदेखि टिकटक बनाउन चाहने युवायुवतिहरुबिच प्रतिस्पर्धा नै चल्न थालेको देखिन्छ । मनमोहक झरनाको तस्विर र भिडियो सामाजिक संजालमा भाईरल बन्दै गएको छ । कोरोना महामारीको समयमा पनि झरना अवलोकन गर्ने पुग्नेहरुको भीड बढेको छ ।
फोटो :रासस