काठमाडौँ, बिहिबार बिहान ललितपुरभैसेपाटीमा रहेको केमिकल गोदाममा आगलागी भएको छ ।
बिहीबार बिहान ३ बजे किरणप्रसाद श्रेष्ठको सोडिय हाइड्रो सल्फिट गोदाममा आगलागी भएको हो । आगलागी भएको ६ घण्टा पश्चात बिहान ९ बजे मात्र आगो नियाँतार्णमा आएको हो ।
ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकाको ४ दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
आगलागीबाट गोदामका सामान जलेर नष्ट भएको प्रहरीले बताएका छन् । यद्यपि, आगलागीबाट भएको यकिन क्षति विवरण भने प्राप्त भैसकेको छैन ।
प्रहरीले विद्युत सर्ट भएर आगो सल्केको हुनसक्ने अनुमान लगाएता पनि आगलागीको प्रष्ट कारण भने खुलिसकेको छैन ।






