मौसम पूर्वानुमान महाशाखाकाले मुलुकका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने जनाएको छ । रातको समयमा पश्चिमी तथा पहाडी भेगका केही स्थानमा मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । आज उच्च हिमाली भू भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुनाका साथै उच्च हिमाली भूभागमा हिमपातको सम्भावना आँैल्याएको छ । आइतबार पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा सामान्य बदली रहेको छ । आइतबार पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा सामान्य बदली रहेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.५ तथा अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री रहेको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस डिग्रीमा झरेको छ । सबैभन्दा बढी विराटनगरमा अधिकतम तापक्रम २८ डिग्री सेल्सियस छ ।