रूसले सबै युक्रेनीलाई देशको नागरिकता दिने भएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सबै नागरिकलाई रूसी नागरिकता दिने आदेशमा हस्ताक्षर गरेका छन्।
बीबीसीका अनुसार पुटिनले सबै युक्रेनीलाई रूसी नागरिकता लिनको लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गरेका हुन् यो आदेश रूसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ। यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही भागका बासिन्दालाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश जारी गरेका थिए।
Russian President Vladimir Putin signs a decree to expand fast track of Russian citizenship to all Ukrainians, reports AP
— Press Trust of India (@PTI_News) July 11, 2022