राष्ट्रपतिको सवारीको कारण आकाश खाली !

फाइल फोटो

काठमाडौँ, राष्ट्रपति विधादेवी भण्डारीको सवारीमा आज बुधबार आकाश खाली गराइएको छ । केहि दिन अघि मात्र राष्ट्रपति भण्डारी चीनको साताव्यापी भ्रमणमा गएकी थिइन् ।

भ्रमण टुंग्याएर उनि आज नेपाल फर्कँदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अरु जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न बाध्य भएका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट राष्ट्रपति भण्डारी १० बजेर ९ मिनेटमा अवतरण गरेकी हुन् । उनको अवतरण पछि पनि धेरैबेरमा अरु जहाजले पालो पाएका छन् ।

राष्ट्रपतिको जहाज भन्दा अगाडी आएको एयर चाइनाको जहाजले तीन फन्को लगाउँदा पनि अवतरणको पालो नपाउँदा उतै फर्किएको हो ।

त्यसैगरी कतारको दोहाबाट आएको हिमालयन एयरलाइन्स वीरगञ्ज र हेटौँडाको आकाशमा चार फन्को लगाउँदा पनि पालो नपाएपछि भारततिर फर्किएको छ ।

साथै मुम्बइबाट आएको इथोयोपियन एयरलाइन्स पनि निकैबेर आकाशमा फन्को लगाउनु परेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया