रानीपोखरी र धरहरा निर्माण गर्न नसक्ने सरकारले ठुला-ठुला योजना : प्रकाशमान सिंह !

फाइल फोटो

काठमाडौँ, बिहिबार प्रतिनिधिसभा संसदमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले रानीपोखरी र धरहरा निर्माण गर्न नसक्ने सरकारले ठुला-ठुला योजना घोषणा गरेको आरोप लगाएका छन् ।

उनि भन्छन्, ‘ भूकम्पले भत्काएको धरहरा र रानीपोखरी अहिलेसम्म बनाउन सक्या छैन ठूला योजना ल्याएर मात्रै हुन्छ ? काठमाडौंमा धुलो र हिलो छ कहिले हट्ला ? ‘

काठमाडौं क्षेत्र नम्बर १ का सांसदसमेत रहेका सिंहले मेलम्ची खानेपानी आयोजना पूर्णता दिन नसकेकोमा सरकारको आलोचना गर्दै भने, ‘ कमिसनको खेलकै कारण मेलम्ची आयोजनाले पूर्णता पाउन सकेन । कुन दसैंमा मेलम्चीको पानी आउँछ  ? ‘

साथै उनले आर्थिक वर्ष २०७६/७७ को बजेटलाई बलियो सरकारको कमजोर मनस्थितिको बजेट रहेको टिप्पणी समेत गरेका छन् । संघीयता कार्यान्वयनको प्रतिवद्धता देखाउन पर्नेमा सरकार त्यसभन्दा पछि हट्दै गएकोमा उनले आपत्ति जनाएका छन् ।

प्रदेश र स्थानीय सरकारलाई छुट्याएको बजेट न्यून राखिएबाट नै सरकारको संघीयताप्रतिको प्रतिवद्धता स्पष्ट देखिएको उनको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया