राजीनामा माग राख्दै हङकङमा प्रदर्शन !

काठमाडौँ, सोमबार बेलायतले चिनियाँ शासकलाई हङकङ हस्तान्तरण गरेको २२औं वार्षिकोत्सव समारोहमा हङकङमा प्रदर्शन गरिएको छ । प्रदर्शनको क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ ।

समारोहको उद्घाटनका लागि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले झण्डोत्तोलन गर्ने क्रममा झडप भएको हो । प्रदर्शनकारीलाई भगाउन प्रहरीले आँखा पोल्ने रसायन तथा लाठीचार्ज पनि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएको छ ।

विरोधका क्रममा केही सरकारी कार्यालयमा समेत तोडफोड गरिएको बिबिसीले जनाएको छ । उक्त झडपमा १३ प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् । एक विज्ञप्ति जारीएक विज्ञप्ति जारी गर्दै प्रहरीले दर्शनकारीले गैरकानुनी कार्य गरेका जनाएको छ ।

झण्डोत्तोलनका क्रममा कार्यकारी प्रमुख लामले शान्तिपूर्वक केही सुन्न आग्रह गरेपछि मानिसले होहल्ला तथा नाराबाजी गरिएको बताउँदै उनले सरकारले आगामी दिनमा कुनै पनि कार्य गर्नुअघि समुदायको भावनाको कदर गर्नुपर्ने पाठ सिकिएको बताएकी छिन् ।

सोमबार हङकङमा हालै प्रस्तावित विवादास्पद सुपुदर्गी कानुनविरोधी प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले लामको राजीनामा माग राख्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया