राजनीतिमा जनमत संग्रह हुन सक्छ तर राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा जनमत संग्रह हुन सक्दैन : प्रधानमंत्री ओली !

फाइल फोटो

काठमाडौँ, जनमत संग्रहको बिषयलाई लिएर दुई खालका व्याख्या भइरहँदा प्रधममंत्री ओलीले आफ्नो भनाइ राखेका छन् । उनले राष्ट्रिय अखण्डताको विषयमा जनमत संग्रह हुन नसक्ने बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषदको बार्षिक उत्सव कार्यक्रममा बोल्दै ओलीले राजनीतिक विषयमा जनमत संग्रह हुन सक्ने तर, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता बारे जनमत संग्रह हुन नसक्ने बताएका छन् ।

संचारकर्मीसंगको कुराकानीमा प्रधानमंत्रीसंग यस बारे आफ्नो कुरा भएको भन्दै प्रचण्डले पनि भनेका थिए,’यस विषयमा मेरो प्रधानमन्त्रीजीसँग कुराकानी भयो । प्रधानमन्त्रीले सीके राउतले आफ्नो समूहलाई सहमतिका विषयमा बुझाउन बाँकी रहेकाले त्यस्तो भएको हो भन्नु भएको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया