राजधानीमा अनिबार्य राती १० बजे सम्म सार्वजनिक यातायात चलाउनु पर्ने !

फाइल फोटो

काठमाडौँ, सर्वसाधारणलाई अबेर रातमा आवत-जावत गर्न निकै सास्ती पर्ने गरेको बारे त हामी सबै अवगत नै छौँ । अबेर रातमा सार्वजनिक यातायात नचल्दा पर्ने समस्याको फाइदा उठाउदै ट्याक्सीहरुले उच्च भाँडाको मारमा पर्ने गरेको छ । सम्भवत हामी मध्य निकै त यसको शिकार पनि भैसकेका छौँ ।

यस्ता समस्याको समाधानको निम्ति अबेर रात सम्म सार्वजनिक यातायात चलाउने बारे नेताको भाषण पनि सुनेकै हौँ । अब काठमाडौँ महानगरले यसको प्रयत्न गरेको छ । महानगरले राजधानीमा चल्ने सार्वजनिक यातायातका गाडीहरु राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने अनिवार्य गरेको छ ।

कान्तिपुर दैनिकमा लेखिएको छ, महानगरले अबको १५ दिनमा ऐन प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि राति १० बजेसम्म सार्वजनिक साधन अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था लागू हुने जानकारी दिएको छ ।

काठमाडौं महानगरले सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ जारी गरेको छ । जारी ऐनमा महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनले बिहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।

ऐनमा व्यवस्था भए अनुसार कात्तिकदेखि माघ मसान्तसम्म भने बसले बिहान ५ देखि राति ९ बजेसम्म सेवा दिनु पर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया