पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ भयो राष्ट्रकवि घिमिरेको अन्तिम विदाई

काठमाडौं, ३ भदौ । मंगलबार साँझ निधन भएका राष्ट्रकवि माधव घिमिरेको बुधवार अन्तिम विदाइ गरिएको छ । उहाँको काठमाडौको पशुपति आर्यघाटमा अन्तिम विदाई गरिएको हो । करिब ११ वजे तिर उहाँको पार्थिव शरिरलाई आर्यघाट लगिएको थियो । पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिएको हो ।

राष्ट्रकवि घिमिरेका छोराहरू राजीव र इन्डिवरले उनको पार्थिव शरीरमा दागवत्ती दिनु धएको हो । घिमिरेकी श्रीमती महाकाली पनि अन्त्येष्टिमा सहभागी भएकी रहनु भएको थियो । घिमिरेलाई अन्तिम विदाइ गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई आर्यघाट पुग्नु भएको थियो । दागवत्ती दिनुअघि राष्ट्रिय सम्मानका लागि नेपाली सेनाको टुकडीले सलामी अपर्ण गरेको थियो ।

त्यसैगरी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा आज उहाँको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया