रवि ओड बने दोस्रो नेपाल आइडल

पब्लिक आवाज /जगदिश गिरी

काठमाडौं । दोस्रो नेपाल आइडल रवि ओड बनेका छन् । निकै उत्साहका साथ हेरिएको नेपाल आइडलको सिजन–२ का विजेता भए संगै रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । भने आर्का अब्बल दावेदार प्रतिस्पर्धी मानिएका विक्राम बराल फस्ट रनर अप भएका छन् ।

सुमित पाठक सेकेण्ड रनर अप भएका छन् । उनीहरुले क्रमशः २० लाख र १२ लाख बराबरको चेक पाएका छन् । त्यसैगरी दोस्रो संस्करणको नेपाल आइडलमा अस्मिता अधिकारी थर्ड रनर अफ भएकी छन् । उनले होन्डाको तर्फबाट स्कुटर पनि प्राप्त गरेकी छन् । अघिल्लो वर्ष विदेशमा गरिएको नेपाल आइडलको फिनाले यो पटक ललितपुरस्थित नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा भएको होे ।

एपीवान एचडीले आयोजना गरेको नेपाल आइडल सिजन २ मा अन्नपूर्ण नेटर्वकका अध्यक्ष रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया