नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र दुर्गा प्रसाईं थप विवादमा मुछिएका छन् । युएईका नक्कली राजकुमारको कारण अहिले उनी चर्चासँगै विवादमा तानिएका छन् । यसअघि पनि पटकपटक विवादको केन्द्रमा आउने प्रसाईंमाथि सुन तस्करीको आरोप समेत लाग्न थालेको छ ।
राजकुमार नै नक्कली भएकाले ति व्यक्तिका सबै कार्यक्रममा सरकारले रोक लगाएको छ । यता विमानस्थल भन्सार कार्यालयले लौरोबारे अनुसन्धान सुरू गरेको छ । सर्वसाधारणले सामाजिक संजालमा विमानस्थल भन्सार कार्यालयको चर्को आलोचना गरिरहेका छन् । विदेशिएका नेपालीले एक तोला सुन ल्याउँदा पनि पक्राउ गर्ने भन्सार कार्यालय सुनकै लौरो आउँदा पनि बेखबर रहनु उदेकलाग्दो भएको भन्दै खिल्ली उडाईएको छ ।
ओलीले एमालेको केन्द्रीय सदस्यमा मनोनयन गरेका प्रसाईं मेडिकल माफियाको ट्याग भिरेका व्यक्ति हुन् । उनले स्थानीय निर्वाचन अगाडी दिएको एक अभिव्यक्तिका करण विवादित बनेका थिए ।







