म पदका लागि हिरिक-हिरिक हुने मान्छे होइन: माधव नेपाल

काठमाडौं / ‘माधव नेपाललाई प्रधानमन्त्री चाहिएर पार्टी एकीकरण गर्न पर्दैन, म पदको पछाडि लाग्ने, पदका लागि हिरिक-हिरिक हुने मान्छे होइन उनले भने।’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसँगको एकताको च्याप्टर नखुलेको बताएका छन्।

एमालेसँग एकताको च्याप्टर बन्द भएको हो? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले एमालेसँग एकताको च्याप्टर नखुलेको अवस्थामा बन्द भन्ने प्रश्न नै उठाउन नपर्ने बताए।

´जब एमालेसँग एकताको च्याप्टर खुलेकै छैन भने बन्द कसरी भयो भन्ने? बरू पार्टीमा हामीले जसरी जुन कारणले विद्रोह गरेका थियौं त्यसको औचित्य पुष्टि भएको छ’, बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया