म कुनै राजनीतिक तिगडमको आधारमा यहाँ आएकी होइन : रन्जु दर्शनालाई बिना मगरको जवाफ !

काठमाडौँ, विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको छानबिन गरी कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दर्ता गराएको थियो । त्यसैबारे बोल्दै विवेकशील नेपाली दलले की नेतृ रञ्जु दर्शनाले मेलम्चीमा के भइरहेको छ, मन्त्रीले जानकारी दिनुपर्ने बताएकी थिइन् ।

उजुरी दर्ता गराए लगत्तै मन्त्री बिना मगरले एक समन्या राजनीतिक कार्यकर्ता माथी नामै किटेर धम्कीपूर्ण विज्ञप्ती जारी गरेकी छिन् । उक्त विज्ञप्तीमा मंत्री मगरले आफ्नो राजनीतिक पृष्टभुमी र संघर्षपूर्ण इतिहासको ख्याल राख्न रन्जुलाई चेतावनी समेत दिएकी छिन् ।

रन्जुले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाउँदै उनले भनेकी छिन्, ‘ मेलम्ची आयोजनामा अनियमिता भएको प्रमाणित भए म जुनसुकै सजाय भाग्न तयार छु । यदि अनियमिता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ ? म प्रश्न गर्न चाहन्छु । ‘

उनले आफूले निकै संघर्षपूर्ण इतिहासबाट यस पद हाँसिल गरेको बताउँदै भनिन्, ‘ म न कुनै राजनीतिक तिकडमका आधारमा यहाँसम्म आएको हुँ, न कुनै सस्तो लोकपि्रयताको बलमा । मेरो राजनीतिक निष्ठामाथि प्रश्न उठाउँदा पृष्ठभूमि र संघर्षको इतिहासप्रति पनि हेक्का राख्नुपर्छ भन्ने मेरो दाबी छ । ‘

विज्ञप्तीमा उल्लेल्ख छ, ‘ मेलम्ची खानेपानी आयोजनाको प्रगतिलाई म र मेरो परिवारमाथि आक्रमण गर्ने जुन राजनीतिक हतियार बनाइएको छ, त्यो निन्दनीय छ । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया