‘म्यान भर्सेज वाइल्ड’मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी !

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी डिकभरी च्यानलको चर्चित शो म्यान भर्सेज वाइल्डमा आउने भएका छन् । शोका होस्ट बियर ग्रिल्सले यसको जानकारी आफ्नो ट्वीटरमा पोस्ट गरेका छन् । उनको ट्वीटमा उल्लेख भएअनुसार मोदी १२ अगष्टमा ९ बजे प्रसारण हुने शोमा देखिनेछन् ।

ग्रिल्सले एउटा भिडियो पनि पोस्ट गरेका छन् जसमा मोदी ग्रिल्ससँग एउटा सानो डुंगामा नदी पार गरिरहेका र जंगल चढिरहेका देखिएका छन् । ग्रिल्सले ट्वीट गर्दै लेखे ‘१८० देशका मानिसहरु छिटै प्रधानमन्त्री नरेन्द्र मोदीको नदेखिएको पाटोबाट परिचित हुनेछन् । मोदीले देखाउनेछन् कि कसरी भारतमा वन्य जीवको संरक्षणको लागि जागरुकता अभियान र भौगोलिक परिवर्तनको लागि काम भइरहेको छ ।

म्यान भर्सेज वाइल्डमा मसँग प्रधानमन्त्री मोदीलाई डिस्कभरीमा १२ अगष्टमा देख्नुहुनेछ ।’ ग्रिल्सले ट्वीट गरेको भिडियोमा मोदी स्पोर्टस ड्रेसअपमा देखिएका छन् । प्रधानमन्त्री मोदीले ग्रिल्लाई भारतमा स्वागत गर्छन् त्यसपछि बाँसले बनेको एउटा हतियार समातेको देखिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया