मासु कम हुँदा डाक्टर जर्नेल बीच कुटाकुट !

फाइल फोटो

काठमाडौँ, छाउनी स्थित सैनिक अस्पतालमा दुई डाक्टर जर्नल बीच हानाहान भएको छ । झगडाको निहुँ केहि थिएन मात्र दुई चार चोक्टा मासु ।

वेटरहरुले प्लेटमा हालिदिएको मासुका केहि चोक्टाका कारण अपमानित महसूस गर्दै नेपालकै नाम चलेका सर्जन डा. सुशील रावल बिरामीलाई बेहोस बनाउने विज्ञ उदय बज्राचार्य माथि जाई लागेका थिए । एक साता अघि दिउँसो करिब ११ बजेको समयमा अचानक डा. शुसिलले एनेस्थेसिस्ट डा. उदयको कोठामा छिरेर उनलाई हमला गर्न थाले ।

आफ्नै काममा व्यस्त रहेका उदय अचम्मित हुँदै के भएको भन्दै उनलाई प्रश्न गर्दै थिए । अझै पनि नरोकीइ शुसिल चिफले त केही गर्न नसक्ने मलाई तैले हेप्ने भन्दै उनि माथि खनिए । त्यस दिन देखि डा. उदय अस्पताल गएका छैनन् । सुशीलमाथि कारवाही नभएसम्म काममा नजाने उनको भनाई छ ।

अर्कातिर सैनिक अस्पतालको हुनेवाला प्रमुख कार्यकारी डा. अरुण न्यौपाने पदमा बहाली हुनुअघि नै विवादमा तानिएका छन् । नक्कली शैक्षिक प्रमाणपत्रको अभियोग लागेर जागिरबाट हटेका शैलेन्द्रसमशेर थापाको झैँ ताल छ उनको पनि ।

सर्टिफिकेटलाई आधार मान्ने हो भने अरुणले पनि शैलेन्द्रले झै साढे २३ वर्षमा डाक्टरी पढिवरी जागिर खाएको देखिन्छ । एउटा कोरा व्यक्तिले डाक्टर बन्नको निम्ति कूल शैक्षिक जीवनको कम्तिमा साढे २४ वर्ष त पढेकोमात्रै हुनुपर्छ । एसएलसी गर्न १५ वर्ष, प्लस टुलाई दुई वर्ष, साढे चार वर्ष डाक्टरी शिक्षाको किताबी पढाई, एक वर्ष इन्टर्नसीप गर्नुपर्छ ।

यस्तोमा उनले साढे २३ बर्ष मै डाक्टरी पेशा अपनाई सकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया