मान्छे बुद्धिजीवी भएर भ्रष्टाचार भएको छ , मूर्ख भएको भए भ्रष्टाचार हुँदैन्थ्यो : प्रधानमन्त्री ओली

फाइल फोटो

पब्लिक आवाज / संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओलीले भ्रष्टाचार गर्नेहरुले नै ठूलो स्वरमा म भ्रष्टाचार गर्दिन भन्ने गरेको बताएका छन् । भ्रष्टाचारबिरुद्धको दिवससको अवसरमा आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार गर्नुपर्छ कसैले नभन्ने तर भ्रष्टाचार गर्ने गरेको गुनासो समेत गरेका छन् ।

ओली भने भ्रष्टाचार मैले गर्छु भन्ने मान्छे म भेटेको छैन तर भ्रष्टचार भइ राखेको छ साथै ‘अचम्म लाग्दो कुरो त के छ भने भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैन तर भ्रष्टाचार गर्दाे रहेछ,’ यस्तो हुदा यो कुरा कती सम्मको डर लाग्दो भन्ने थाहा भएको बताए ।

मान्छेको बुद्धिलाई कुठाँउमा प्रयोग गर्दा भ्रष्टचार भएको अझ ठूला ठूला भ्रष्टाचार नदेखिने तर सानोतिनो भ्रष्टाचार देखिने उनको भनाइ छ । उनले भने ‘मान्छे बुद्धिजीवी छ, चलाखी छ, बुद्धि कुठाउँमा प्रयोग गर्छ र भ्रष्टाचार गर्छ । मूर्ख भएको भए भ्रष्टाचार हुँदैन्थ्यो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया