काठमाडौं । महिलालाई एसिड हान्ने धम्की दिएर प्र्याङ्क भिडियो बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
नवपरासी हुप्सेकोट ३ का २६ वर्षीय प्रदीप भन्ने पूर्ण चन्द्र भुसाललाई कावासोती नवलपरासीबाट पक्राउ गरिएको हो ।
बाटोमा हिँडिरहेकी महिलालाई उनले साथमा भएको पैसा, मोबाइल, गर गहना दिनुस् नदिएमा एसिड हान्दिन्छु भन्दै भिडियो बनाएर बदमास केटा नामक युट्युब च्यानलमा हालेका थिए ।
भुसाललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ७ दिनका म्याद थप गरिएको छ ।
एसिड जस्तो अति संवेदनशील घातक पदार्थ प्रयोग गर्छु भनेर समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाएको प्रहरीको भनाई छ ।