काठमाडौँ, विदेशमा काम गर्न गएका नेपालीको कामकै क्रममा मृत्यु भएका समाचारहरु प्राय आइरहेका हुन्छन् । नेपालबाट अनेकौँ सपना र ऋणको भारी बोकेर आकाशमा उडी गएका नेपाली बाकसमा बन्द भएर फर्कन्छन् ।
आज फेरी मलेसियाबात त्यस्तै एक खबर आएको छ । परदेशमा कमको शिलशिलामा गएका नेपालीको मृत्युको खबर आएको हो । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय एरपोर्टमा कामदार बोक्ने बस दुर्घटनामा परेको छ ।
कामदार बोकेर एरपोर्ट तर्फ जाँदै गर्दा दुर्घटना घटेको हो । आईतबार साँझ एरपोर्ट नजिकै सेपाअङमा भएको यस दुर्घटनामा २ नेपाली सहित १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० भन्दा बढी घाइते भएका छन् ।
दुर्घटनामा परि बर्दिया घर भएका रामु चौधरी र सर्लाही घर भएका जगनाथ सिङ थारूको मृत्यु भएको छ । उक्त बसमा नेपाली, बाङ्लादेशि र इन्डोनेशियन कामदारहरु थिए ।
घाइते मध्ये ३ जना ICU मा गम्भीर अवस्थामा रहेका छन् भने अन्यलाई साधारण चोटपटक लागेको छ । घटना बारे पूर्ण विवरण आउन बाँकी छ ।