मनलाग्दी हर्न बजाउँदा ३४ हजार सवारी कारबाहीमा !

फाइल फोटो

काठमाडौँ, नेपाल सरकारले बि. सं, २०७४ वैशाक १ गते देखि उपत्यकालाई हर्न निषेधित क्षेत्र बनाउने अभियान थालेको थियो । खासै लागुमा नदेखिएको भएता पनि तब देखि हाल सम्म ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ ।

उपत्यका भित्र ध्वनी प्रदुषणको समस्या बढ्दा उपत्यकावासीको स्वास्थ्यमा निकै असर पर्न थालेको थियो । यसैलाई मध्यनजर गर्दै सरकारले हर्न निषेधको अभियान थालेको हो ।

माहाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तले भने, ‘ उपत्यकामा धेरै सवारीसाधनसँगै हर्न बजाउने सवारीसाधनको सङ्ख्या बढेको छ, त्यसैले महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई कडाइ गरेको छ । ‘

ध्वनि प्रदुषणका कारण श्रवनशक्ति, रक्तचाप, पक्षघात, हृदयघात, स्वासप्रस्वास सम्बन्धि समस्या आउनुका साथै अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलाहरुमा ज्यादा असर पर्ने हुँदा उनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै उक्त कदम चालिएको हो ।

तयस्तै, राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदुषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन ट्राफिक प्रहरी विभागले सिफारिस पनि दिइसकेको छ । हाल तट्राफिक प्रहरी महाशाखालेर हर्न बजाए बापत प्रति सवारी साधन रु ५०० को दरले कारवाही स्वरुप जरिवाना लिँदै आएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया