भ्रष्टचार पुष्टि भए झुण्डिएर मर्न तैयार छु : कुलमान घिसिङ !

फाइल फोटो

काठमाडौँ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हुन् कुलमान घिसिङ । उनि माथि डेडिकेटेड फिडर तथा टंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लागेको छ ।

उक्त आरोप सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा लगाएका हुन् । मोदीले यस्तो आरप लगाए पछि घिसिङले प्राधिकरणमा आफूले भ्रष्टाचार गरेको प्रमाणित गरे आफु झुण्डीएर मर्न तैयार रहेको बताएका छन् ।

साथै उनले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए–नभएको सत्य तथ्य बाहिर ल्याउन छानविन समिति गठन गरिएको पनि जानकारी दिएका छन् ।

समितिका सदस्य एवम् सत्तारुढ नेकपाका सांसद मोदीले घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।

मोदीले त्रिशुली जलविद्युत आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो ? भन्ने गम्भीर प्रश्न पनि संसदमा उठाएका छन् ।

घिसिङ माथी यस्ता आरोप लगाएका मोदीले तत्काल छानवीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया