भारतले जवर्जस्ती बनाएको स्तम्भ ससस्त्रप्रहरीद्वारा भत्काइयो !

फाइल फोटो

काठमाडौँ, भारतीय ठेकेदारले नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमा बनाएको माइल स्तम्भ भत्काइएको छ । मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा भत्काइएको हो ।

मेची पुल बनाउँदै आएका ठेकेदारले बुधबार सो ‘माइल’ स्तम्भ बनाएको थाहा पाएपछि स्थानियले आपत्ति जनाई प्रजिअ दाहाललाई जानकारी दिएका थिए । नियम विपरीत बनाइएको भन्दै प्रजिअले उक्त स्तम्भ भत्काउन लगाएका हुन् ।

यसरी भारतीय स्थानको बारेमा जानकारी दिनको निम्ति बनाइएको स्तम्भ नेपाली पक्षलाई थाहै नदिई नेपालको जमिनमा लगाउनु नियम विपरित हो । उक्त स्तम्भ हटाउन गएको सशस्त्रप्रहरी र स्थानियको टोलीले स्तम्भमा लेखिएको नम्बर र नाम मेटाएर भत्काएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया