भारतलाई खुसी पार्न ओलीले के सम्म गरेनछन् ?

पोखरा- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरामा पुष्पलाल स्मृतिको कार्यक्रमलाई सम्बोधन गर्दै भने २०७४ सालको चुनावमा कम्युनिस्ट पार्टीले निकै राम्रो स्थान हासिल गरेको थियो । त्यसपछि दुई तिहाइ बहुमत पाएको थियो ।

यसलाई उपयोग गरेको भए कम्युनिस्ट पार्टी अत्यन्तै लोकप्रिय हुने थियो,’ उनी भन्छन्, ‘अहिलेको स्थानीय निर्वाचनमा धेरै सिट जितेको हुन्थ्यो । तर त्यो सबै बिगारेको एमाले नेता केपी ओलीले हो ।’

ओलीले पार्टीमा छलफल बन्द गरेपछि वि’द्रोह गरेर नयाँ गठबन्धन बनाएको उनको भनाई छ । ‘जब पार्टीमा छलफल बन्द गर्नुभयो, आफूलाई केन्द्र विन्दुमा राख्नुभयो, म नै पार्टी हुँ भन्ने सोचेपछि अहंकार बढेपछि अस्तित्व रक्षाका लागि एमसीसी उहाँले ल्याउनुभयो ।

भारतलाई खुसी पार्न नेपालको छापिएको नक्सा रोक्नुभयो,’ नेपालले भने, ‘नेपाललाई भारत सहितका विभिन्न देशहरूको संयुक्त सैन्य अभ्यासमा सहभागी गराउन भूमिका खेल्नुभयो । त्यसका विरु’द्ध हामीले जुध्नुपर्‍यो । उहाँलाई चित्त बुझेन, सांसदलाई भंग गर्नुभयो ।

त्यसपछि हामी सडकमा उत्रिनुपर्‍यो, आवाज उठाउनुपर्‍यो । माहौल हाम्रो पक्षमा आयो । एकताबद्ध भएको पार्टीलाई सर्वोच्चको आदेशमा अलगअलग बनायो । संविधान जोगाउन, प्रतिगमन रोक्न र संघीयताको खतरा रोक्नका लागि वि’द्रोह गर्नुपर्‍यो । ५ दलीय गठबन्धन बनाउनुपर्‍यो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया