बेनी, १४ मङ्सिर/ म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दु’र्घटनामा एकको मृ’त्यु भएको छ, भने पाँच जना घा’इते भएका छन् । बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ०२५२ नम्बरको बोलेरो जीप आज बिहान भाइबाङ खोला नजिकको सडकबाट ख’सेर दु’र्घटना भएको हो ।
दु’र्घटनमा परेर जीपमा सवार ११ वर्षीया बालिका करिस्मा क्षेत्रीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दु’र्घटनमा परी जीपका चालक ४२ वर्षका खुमबहादुर कटुवालसहित पाँच जना घा’इते भएका छन् । घाइते चालक कटुवाल र उहाँकी श्रीमती सुनिता क्षेत्री, जी’पमा सवार सुकला केसी, कृपा क्षेत्री र राजन क्षेत्रीलाई उपचारका लागि बेनी अस्पताल लगिएको छ ।