काठमाडौँ, आज बिहान भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा बोरामा राखिएको शवसहित दुईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेहरु भारतको मोतीहारी घर भई भरतपुर–२ क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय विगन साह रहेका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताएका छन् ।
रेग्मीका अनुसार सलको पासो लगाई आत्महत्या गरेपछि उनीहरुले १७ वर्षीया बहिनी परीकुमारी साहलाई अन्त्येष्टिका लागि नारायणी नदी तर्फ लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
उक्त शव परिक्षणको लागी भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।