बालेन निर्वाचित भएकोमा आज धन्यवाद र्यालीको कार्यक्रमः

बालेन निर्वाचित भएकोमा आजको धन्यवाद र्यालीको कार्यक्रमः

काठमाडौँ / काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न अपिल गरेका छन् ।अन्तिम घोषणा भएको केही समयपछि र्याली राष्ट्रिय सभा गृहबाट सुरु भएर भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर, कालीमाटीबाट कलंकी पुग्नेछ । त्यहाँबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गर्नेछ।

आफुलाई पायक पर्ने समय र स्थान मिलाएर आफु व्यक्ति वा समुह र्यालीमा मिसिन सक्नु हुनेछ।
र्यालीको आयोजना परिवर्तनका पक्षमा मतदान गर्ने, समर्थन गर्नेहरुकालाई धन्यवाद ज्ञापनका लागि गरिदै छ। सभ्य र अनुशासित किसिमको र्याली हुनेछ । कसैको बिरोध गर्ने वा गिज्याउने हुनेछैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया