बालुवाटार जग्गा प्रकरण बारे विष्णु पौडेल भन्छन्, ‘ जुनसुकै सजाय भोग्न पनि तयार छु ‘ !

फाइल फोटो

काठमाडौँ, बालुवाटार जग्गा प्रकरणमा मुछिएका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले उक्त जग्गा व्यक्तिको नाममा ल्याउन आफ्नौ कुनै संलग्नता भेटिए आफु जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताएका छन् ।

उनले उक्त प्रकरणमा आफुुसहित शेरबहादुर देउवा, माधव नेपाल र बाबुराम भट्टराई समेतको नाम जोडेर आएका समाचारप्रति गम्भीरतापूर्वक छानबिन गर्न माग समेत गरेका छन् ।

सोमबार प्रतिनिधि सभामा भएको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले भने, ‘ केही समययता मेरो र पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, बाबुराम भट्टराईको नाम जोडिएका समाचार प्रकाशित भएका छन्। यस विषयमा मैले प्रेस वक्तत्वयमार्फत् सत्यतथ्य सार्वजनिक गरिसकेको छु । गैरकानुनी तरिकाले व्यक्तिका नाममा दर्ता भएका सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउने निर्णयको हार्दिकतापूर्वक स्वागत गर्दछु । ‘

साथै यस बारे सत्य तथ्य सार्वजनिक गर्न माग गर्दै उनि भन्छन्, ‘ दोषीलाई कडा कानुनी कारबाही होस् भनी माग गर्दछु । र म आफू दोषी ठहर भएमा जुनसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट गर्दछु । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया