ठूलो परिणाममा लागूऔषध सहित सिराहा बाट मानिस पक्राउ

पब्लिक आवाज/ आलोक यादव

सिरहा । सिराहाबाट प्रहरीले ठूलो परिणाममा लगूऔषध बरामत गरेको छ ।  आज दिउँसो करिब ३ः३० बजेको समयमा सिराहा जिल्लाको मिर्चैया वडा नम्बर ७ फुलबरिया स्थितमा गस्तीमा रहेको प्रहरी टोलीले स.६.प २०६९ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा मोटरसाइकल चालक २१ वर्षीय बिष्णु यादवले शरीरमा लुकाएर राखेको लागु औषध DIALEX-DC ९४ बोतल नाइट्रोजन टयाबलेट RIDLEY टयाबलेट ३ पिस ,तथा नेपाली नगद रु १३,३६५ समेत बरामद गरिएको हो ।

पक्राउ परेका यादवलाई जिल्ला अदालत सिराहा बाट लागूऔषध मुद्दामा म्याद थप गरिअनुसन्धान प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी माधव राज खरेलले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया