काठमाडौँ, सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री आफैँ न्यायाधीश बन्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
उनले प्रधानमन्त्री भ्रष्टाचार नियन्त्रण गर्छु, सुशासन कायम गर्छु भनेर कहिल्यै नथाक्ने तर व्यवहारमा भने भ्रष्टाचारमा नाम मुछिएकाहरुलाई न्यायाधीश जसरी उन्मुक्ति दिने काम गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनका अनुसार बालुवाटार अर्काले लागिसक्दा र वाइडबडीका बारेमा अझैसम्म सरकारले केही नगरेको बरु उल्टै त्यस्ता काण्डमा संलग्न आरोप लागेकालाई प्रधानमन्त्री आफैँले निर्दोष छ भन्दै बचाउन लाग्नु आपत्तिजनक भएको हो ।
ठूलाठूला प्रकरणमा मुछिएकाहरुलाई निर्दोष भन्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो भनि प्रशं गर्दै उनि भन्छन्, ‘ प्रधानमन्त्रीलाई न्यायिक फैसला गर्ने अधिकार छ ? जसलाई न्यायिक फैसला गर्ने अधिकार नै छैन, उसले फलानोमा निर्दोष । बालुवाटार जग्गामा निर्दोष । वाइडवडीमा निर्दोष भन्न पाउँछ ? ‘
साथै उनले संविधानको मर्म विपरित राष्ट्रपतिले सम्बोधनका क्रममा पटक–पटक मेरो सरकार भनी सम्बोधन गरेकोमा पनि आपत्ति जनाएका छन् । उनले मेरो सरकार भनी गरिएको सम्बोधन संविधान विपरित भएकाले संसोधन गर्न माग गरेका छन् ।