काठमाडौँ, केहि समय अघि गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरिएको खबर बाहिरिएको थियो । उक्त घटनामा संलग्न उनी बालकका वावुको गेस्ट हाउसका सवारी चालक महेन्द्र सार्कीलाई काठमाडौँ अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।
अपराध संहिता लागू भएपश्चात अपहरणपछि हत्याको कसुरमा आजीवन कारावास सजाय सुनाइएको सम्भवत यो पहिलो घटना हो । गोरखापत्र दैनिकमा छापिएको खबर अनुसार यस अघि कास्की जिल्ला अदालतले बलात्कारपछि हत्याको घटनामा कसुरदारलाई आजीवन कारावासको सजाय सुनाएको थियो ।
फौजदारी संहिताको दफा ४१ बमोजिम आजीवन कारावासको सजाय सुनाइएका कसुरदारहरुले जीवित रहे सम्म कारावासमा बस्नु पर्ने हुनेछ । सोही दफा ४१ (ग) बमोजिम प्रयास कुँवरको अपहरणपछि हत्याको अभियोगमा सार्कीलाई आजीवन कारावासको सजाय सुनाइएको हो ।