बाबुराम भट्टराई सधै द्वन्द बढाउने र देश विकास नहोस् भन्ने विद्वान हुन् : डा. अहिराज !

फाइल फोटो

काठमाडौँ, राजनितिक विश्लेषक राजेश अहिराजले संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच एककिरण सत्ता, शक्ति र स्वार्थको लागि भएको बिश्लेष्ण गरेका छन् ।

एकीकरण बारे उनि भन्छन्, ‘ योअप्राकृतिक गठबन्धन थियो । धार नमिलेका, धारणा नमिलेका र धरातल नमिलेका दलहरुको बिचमा भएको एकीकरण विशुद्ध रुपमा आप्रक्रितिक, अराजनीतिक थियो । ‘

एक अनलाइन मिडियासंगको कुराकानीमा उनले यस एकीकरणलाई कुनै बाहिरि शक्तिबाट जबर्जस्ती बाँधीदिएको फोर्स बाइन्डिङ भएको आरोप लगाएका छन् ।

यसले देशलाई थप द्वन्दमा लैजाने उनको भनाइ छ । साथै उनले बाबुराम भट्टराई विद्वान भएता पनि इमान्दार नभएको बताएका छन् । पूर्व एमाले रहेका उपेन्द्र यादव र पूर्व माओवादी बाबुराम भट्टराईले पूर्व एमाले र माओवादीलाई आफ्नो नयाँ गठबन्धनको पार्टीमा ल्याउन सकिन्छ कि भन्ने छड्के दाउ हानेको उनको भनाइ छ ।

उनले यो उनीहरुको अर्काकै सम्पतिमा धनि हुन सक्ने दाउपेच हो भनेका छन् । साथै उनले एमाले भित्रै के.पी ओलीको विकल्प खोजिने र उनि धेरै विवादमा आइसके पश्चात प्रचण्ड अघि सर्ने पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया