बहुविवाह गर्ने दुई जोडीलाई पक्राउ

भोजपुर, २२ साउन/जिल्ला प्रहरी कार्यालय भोजपुरले बहुविवाह गर्ने दुई जोडीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले अरुण गाउँपालिका–४ चरम्बीका २६ वर्षीय टङ्क विक र कान्छी श्रीमती बनेर आउने १९ वर्षीय वसन्ती विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ ।

उनीहरुलाई टङ्ककी जेठी श्रीमती अमृता विकको जाहेरीपछि झापाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले बहुविवाह गर्ने रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङ फाक्लेका ३३ वर्षीय खगेन्द्र विक र कान्छी श्रीमती २६ वर्षीया हिमा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जेठी श्रीमती मीना बराइली रसाइलीको जाहेरीका आधारमा घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । दुवै जोडीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

सकारात्मक सोचको विकास आवश्यक
काठमाडौँको शङ्खमूलमा सकारात्मक सोचको विकासका लागि रुद्राभिषेक (रुद्रपूजा) गरिएको छ । हिन्दू धर्मअनुसार वर्षभरिकै चोखो महीनाका रुपमा लिइने साउन पारेर आर्ट अफ लिभिङ नेपालले पूर्वराष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीलगायत विभिन्न राजनीतिक दलका नेताको सहभागितामा आज उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहभागीले मानिसले आफूभित्र रहेको विकृत मनोभावलाई हटाई सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिएका थिए । मानिसमा सकारात्मक सोच र सकारात्मक भावना जागृत गराई मुलुकको समृद्धिमा टेवा पु¥याउने उद्देश्यले रुद्रपूजा आयोजना गरिएको कार्यक्रम संयोजक विमलकुमार केडियाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा पूर्वराष्ट्रपति डा रामवरण यादव, पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणालगायत विभिन्न राजनीतिक दलका नेताको सहभागिता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया