काठमाडौँ, पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले आफ्नो गृह जिल्ला गोरखामा पत्रकार सम्मको भेटमा नेत्रविक्रम चन्द नेतृत्वको ‘नेकपा’लाई दमन नगरी वार्ताबाट समस्याको समाधान गर्नु पर्ने बताएका छन् ।
उनि भन्छन्, ‘ राजनीतिक संघर्षका रूपमा बुभेर राजनीतिक ढङ्गले समाधान गर्नुपर्छ । राज्यशक्तिले बल प्रयोग गरेर समस्या समाधान हुँदैन, प्रधानमन्त्री र मुख्य पार्टीका नेता विद्रोहबाटै आउनुभएको हो । दमन होइन वार्ताबाट अघि बढ्नुपर्छ भनेर उहाँहरूले पनि बुझ्नुपर्ने हो । ‘
दुईतिहाइको सरकारले अवसरको सदुपयोग गर्न नसकेको हुँदा डेढ बर्षको परिणामले उत्साह नदेखाएको बताउँदै उनले भने, ‘ अहिलेको सरकारले जनताको अभिमत सदुपयोग गर्न सकेन । सत्तापक्षकै नेता/कार्यकर्ता पनि सन्तुष्ट नभएको पाएका छौँ । ‘
उनले सरकारलाई पुरानो केन्द्रीकृत ढाँचाबाट अघि बढेकाले गति लिन नसकेको आरोप समेत लगाएका छन् । उनले भने, ‘ ७० प्रतिशत केन्द्रमा राखेर ३० प्रतिशत मात्र तल्लो तहमा बाँडिएको छ, यसले परिणाम दिन सक्दैन । ‘







