एजेन्सी / बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रालाई प्रहरीले प’क्राउ गरेको छ। व्यापारीसमेत रहेका कुन्द्रालाई पोर्नोग्राफिक चलचित्र बनाएको तिनलाई विभिन्न एपहरूबाट सार्वजनिक गरेको आ’रोपमा प्रहरीले सोमबार प’क्राउ गरेको हो।
मुम्बई प्रहरीका अनुसार गत फेब्रुअरीमा क्राइम बेञ्चमा एउटा उजुरी दर्ता भएको थियो। त्यसको अनुसन्धानका क्रममा कुन्द्राको सहभागिता देखिएपछि उनलाई प’क्राउ गरिएको हो।
प्रहरीले यो घ’टनाको अनुसन्धान जारी रहेको बताएको छ। शिल्पा शेट्टी र राज कुन्द्राले भने प’क्राउबारे कुनै प्रतिक्रिया जनाएका छैनन्। कुन्द्रालाई प्रहरीले आजै अदालतमा पेस गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।







