बर्षा देखि हिमपात सम्म पर्ने, मेघ गर्जन पनि, यस्तो छ तिन दिनको मौसम !

फाइल फोटो

काठमाडौँ, पश्चिमी वायुको प्रभावको कारण आज मौसन बदलिनुका साथै काठमाडौँ उपक्त्यका सहित देशको अधिकांश भूभागमा वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार आज पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको समभावना रहेको छ । उनको अनुसार बेलुकी पखबाट मध्य र पूर्वी भू–भागको मौसम पनि क्रमशः प्रभावित भइ मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहने छ ।

प्रि मनसुनको समय रहेकाले लामो समय सम्म वर्षा नहुने र मौसम परिवर्तन भैरहने बताइएको छ । राती पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार भोलि मंगलबार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तैगरी बुधबार देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही उच्च पहाडी भेगका केही स्थानमा र हिमाली भेगका एक दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना समेत रहेको बुझिएको छ ।                                                            ( रासस )

फेसबुकबाट तपाईको प्रतिक्रिया