प्रजातन्त्र सेनानी भुमिश्वर सापकोटाको १०७ वर्षको उमेरमा निधन !

प्रजातन्त्र सेनानी तथा वरिष्ठ समाज-सेवी भूमिश्वर सापकोटाको १०७ वर्षको उमेरमा शुक्र’बार नवलपरासी गैँडाकोट स्थित आफ्नै निवासमा नि:धन भएको छ ।

अहिले बिहान नारायणीमा उहाँको अन्तिम-संस्कार गरिने पारि:वारिक स्रोतले जनाएको छ । विसं १९७१ माघ १ गते बागलुङमा जन्मिनुभएका सापकोटा नेपाली कांग्रेस सेनानी सङ्घ’का सदस्य रहनुभएको थियो ।

विसं २०१६ को संसदीय नि:र्वाचनमा बिपी कोइराला बागलुङ जाँदा उहाँको आग्रहमा पार्टीको निर्वाचन प्रचार अभिया’नका सदस्य भई काम गर्नुभएका सा’पकोटा त्यस:पछि नेपालमा प्रजा’तन्त्रको पक्षमा नि’रन्तर लाग्नुभयो ।

विसं २०१७ पुषमा बिपी पक्राउ परेपछि उहाँको रिहा:इको माग गर्दै बागलुङमा प्रदर्शन गरे’बापत सापकोटा जेल पर्नुभयो । सापकोटाले बागलुङको दमेक भेगमा शिक्षा, बाटो’घाटो निर्माण तथा अन्य विकासका काममा योगदान पु¥याउनुभएको छ ।

उहाँले विसं २०१३ मा दमेकस्थित आफ्नै गोठबाट शुरु गर्नुभएको विद्यालय हाल जनप्रिय माध्य’मिक विद्यालय अमरा:पुरीका रुपमा स्थापित छ । उहाँले सो क्षेत्रमा विभिन्न विद्यालय तथा वेदविद्या:श्रमको स्थापना र सहयोग गर्नुभएको छ ।

उहाँ विसं २०२९ मा गैँडा+कोटमा बसाइ सरेपछि आधुनिक गैँडाकोट निर्माणमा योगदान पुरयाउ’नुभएको थियो । उहाँकै संयोजकत्व विसं २०३२ मा गैँडाकोटमा सिँचाइ कुलो निर्माण भएपछि तिनता’काको विकट क्षेत्रमा धान खेती सम्भव भएको थियो ।

गैँडा’कोटमा सुप्रसिद्ध कालिका मन्दिर तथा आश्रम, मौलाकालिका लगायत अन्य मठमन्दिरको स्थापना गरी धार्मिक उन्नयनका साथै विविध सामाजिक क्षेत्रमा उहाँले योगदान पु¥याउनुभएको थियो । बिपीको सह’यात्रीको रुपमा चिनिनु हुने सापकोटा धार्मिक, आध्या’त्मिक र न्यायको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व हुनुहुन्थ्यो ।

पञ्चायतको समयमा कांग्रेस पार्टीका कार्यक्रम गरेको, बिपी लाई गैँडा-कोट घरमा आति-थ्यता गराएको तथा विसं २०३६ मा वि’द्यार्थी आन्दोलनमा सहयोग गरेको आरोपमा उहाँलाई तत्का’लिन प्रशासनले पटक-पटक दुःख दिएको थियो ।

उहाँ विसं २०४२ को सत्याग्रह, २०४६ र २०६२÷२०६३ को जन-आन्दोलनमा सक्रिय भई प्रजा-तन्त्रको स्थापनाका लागि लड्नु-भएको थियो । उहाँका छोरा तिलक प्रसाद सापकोटा नेपाली काँग्रेस’का नेता तथा नवलपरासीका महास’मिति सदस्य हुनुहुन्छ । तिलक सहित उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया