बम बोकेर आउनेलाई ताली पड्काउन सकिएन : संचारमंत्री गोकुल बास्कोटा !

फाइल फोटो

काठमाडौँ, विप्लब समूहलाई लगाइएको प्रतिबन्ध बारे त हामी अवगत नै छौँ । यस बारे सबैको आ-आफ्नै विश्लेषण र व्याख्या छ । यस्तैमा आज नयाँ पत्रिका दैनिकले सन्चारमंत्री गोकुल बास्कोटाको यस बारेको भनाइ छापेको छ । उनको भनाइ यस प्रकार रहेको छ :

‘ विप्लवजीहरुलाई पहिले शान्तिपूर्ण तरिकाले आफ्ना गतिविधि गर्नुहोस् भनेका थियौँ । उहाँहरु बम पड्काउन थाल्नुभयो । स्थानीय जनप्रतिनिलाई कर लगाउँदै हिँड्नभयो । विकास निर्माणमा प्रतिशत लगाउन थाल्नुभयो । हामीले यसो नगनुर्स भनेर बारम्बार भन्यौँ ।

उहाँहरुले व्यवहार सुधार नगरेपछि राज्यले आवश्यक कानुनी कारबाही गर्नुपर्ने हुन्छ । त्यसपछि पक्राउ पर्नु स्वाभाविकै हो । उहाँहरुलाई वार्ताका लागि बारम्बार अपिल गरेका थियौँ । उहाँहरु उल्टै बम बोकेर पड्काउन थाल्नुभयो । बम बोकेर आउनेहरुलाई ताली पड्काउन सकिएन् । ‘ यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया