काठमाडौँ, प्रतिबन्धित नेत्र विक्रम चन्द समूहको नेकपा विप्लबका कार्यकर्ताले नलगाड नगरपालिका–१० को वडा कार्यालय तोडफोड गरेका छन् ।
कार्यालय तोडफोड गरि कार्यालयका कुर्सी, दराज, कागजातमा क्षति पुर्याइएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । विप्लब कार्यकर्ताले जन प्रतिनिधिहरुलाई भ्रष्ट, दलालको आरोप लगाउँदै कार्यालय तोडफोड गरेका हुन् ।
अन्य ठाउँमा समेत दलालविरुद्ध कारवाही जारी राख्ने बारे विप्लव समूहका जाजरकोट जिल्ला इञ्चार्ज प्रेमप्रकाश ओलीले चेतावनी दिएका छन् ।







