काठमाडौँ, लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जन माथि फेरी अर्को आरोप लागेको छ । उनि माथि केहि समय देखि नै नराम्रा र घिनलाग्दा आरोपहरु आइरहेका थिए । उनि माथि प्रहरीमा उजुरी पनि परिसकेको छ । ति उजुरीहरुको छानबिनको टुङ्गो नलाग्दै उनि माथि अर्को आरोप लागेको छ ।
छिमेकी मुलुक भारतमा एक विदेशी महिलाले एक उजुरी दायर गरेकी छिन् । आफू नेपालमा छँदा बम्जनको आश्रममा आफूलाई शारीरिक तथा मानसिक यातना दिइएको भन्दै उक्त विदेशी महिलाले दिल्ली महिला आयोगमा उजुरी दिएकी छिन् ।
चेक रिपलिब्लककी ५० वर्षीया उक्त महिलाले आफ्नो छोराको असामयिक निधनपछि नेपालको बोधि श्रवण धर्म संघका नाममा रहेको आश्रममा आश्रय लिएकी थिइन् । आश्रमका तपस्वी बम्जनले ती महिलालाई ‘बोक्सी’ घोषणा गरेको भारतको पत्रिका नव भारत टाइम्समा उल्लेख छ ।
आश्रममा उनलाई बाँधेर राखिने ( हात सम्म पनि भाचिएँको ) गरी शारीरिक र मानसिक यातना दिइने गरिन्थ्यो । केही पर्यटकले उनलाई उद्धारको प्रयास गरेका थिए । तर, आश्रममा फसेका अन्य महिलालाई उद्धार गर्ने उद्देश्यले उनी ४ महिनापछि फेरि त्यही आश्रममा पुगेकी बताइएको छ ।
प्रहरीसमेत बम्जनसँग मिलेका कारण ४ वर्षसम्म विभिन्न निकायमा पहल गर्दा पनि बम्जनमाथि कारवाही हुन नसकेको भन्दै उनी भागेर दिल्ली पुगेको समाचारमा उल्लेख छ । दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालिवालका अनुसार ति महिलाले नेपालमै आफ्ना कागजात र पासपोर्ट गुमाएकी हुँदा दिल्ली स्थित चेक रिपब्लिक दुतावासमा दिल्ली महिला आयोगले उनका लागि आपतकालिन राहदानीका लागि सम्पर्क गरेको र सन् २०१८ को डिसेम्बरमा केही जर्मन पर्यटकको मद्दतमा उनी दिल्ली पुगेकी बताइएको छ ।