ब’न्धुकधारी द्धरा २४ जनाको ह’त्या , सात जना घा’इते

गुआनाजुतो, मेक्सिको, १८ असार  – मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनस्र्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गो’ली प्र’हारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना घा’इते भएका छन् ।

प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आक्रमणकारीहरु पुनस्र्थापना केन्द्रमा ज’बर्जस्ती प्रवेश गरेर त्यहाँ रहेका व्यक्तिलाई अ’न्धाधुन्ध गो’ली प्रहार गरेका थिए । उनीहरुले केन्द्रमा रहेका व्यक्तिहरुलाई भुइँमा सुत्न लगाएर लहरै गो’ली चलाएको प्र’त्यक्षदर्शीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

रातो सवारी साधनमा आएका आ’क्रमणकारीको खोजी कार्य तिब्र बनाइएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था निकै जटिल रहेको छ । आक्रमणकारीले कसैलाई पनि अप’हरण नगरेको प्रहरीको भनाई छ ।

गुआनाजुतो राज्यमा मेक्सिकोका ठूला उद्योगहरु तथा कार निर्माणका ठूला कार’खाना रहेका छन् । यहाँ केही वर्षदेखि संगठित अपराधका घट’ना तिब्र रुपमा बढेका छन् ।

मेक्सिकोकै धनी राज्यमा परिणत भइरहेको गुआनाजुतोमा शक्तिशाली आपराधिक समूहहरु जस्तै न्यू जेनेरेसन र सान्ता रोजा डी लिमा सक्रिय भएका छन् । यी समूहहरु घ’म्की’, अपह’रण र इन्धन चो’रीजस्ता अ’पराधमा सक्रिय छन् ।

पछिल्लो समयमा आप’राधिक घट’ना बढेको भन्दै राष्ट्रपति आन्द्रेजले मुलुकको कानुन व्यवस्था सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया