बच्चाको कपडाको टाँक नै सुनको राखेर तस्करी!

काठमाडौं / बच्चाको कपडाको टाँक (बटन) नै सुनको राखेर तस्करी गरेको खुलेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना यात्रुले बोकेको नाबालकको कपडाको टाँक नै सुनको भएको पाइएको हो।

त्यसरी ल्याएको पाएपछि भन्सारले उनलाई पक्राउ गरेको हो। ‘सुन स्टिल बटनको भित्री भागमा फिट गरेर राखिएको र झट्ट हेर्दा फलामको टुक्राजस्तै देखिने किसिमको छ। सामान्यतया एउटा धातुभित्र अर्को धातु लुकाएर ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भनेर नै योजनाबद्ध ढंगले बटनभित्र सुनलाई फिट गरी पठाएको हुनसक्छ,’ उनले भने।

यसमा सुमनको मात्रै संलग्नता छ वा अरूको पनि छ भन्ने बुझ्ने काम भइरहेको भन्सार कार्यालयले जनाएको छ। कार्यालयले विदेशबाट नेपाल आउँदा नचिनेको व्यक्तिले सामान लगिदिन भनेर अनुरोध गरेमा ख्याल गर्न अनुरोध गरेको छ।

विशेषगरी विदेशबाट नेपाल आउने कतिपय यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले ललाईफकाई कुनै मालवस्तु (जस्तैः टर्चलाइट, आइरन, मिक्चर, रेडियो, स्पिकर, पानी तान्ने मोटर आदि) आफ्ना आफन्तका लागि पुर्‍याइदिन भनेर अनुरोध गर्ने गर्छन्।

त्यसरी अनुरोध गरी सामान ल्याइदिँदा भन्सार चेकका क्रममा त्यस्ता मालवस्तुभित्र लुकाइछिपाइ सुन, चाँदी वा अन्य अवैध वस्तु राखेको फेला परी सम्बन्धित यात्रुले कानूनबमोजिम कारबाही भोग्नु परेको अवस्था छ। त्यसैले ख्याल गर्न भन्सार कार्यालयले अनुरोध गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया