फेरी भूकम्प गयो ! दोलखा र सिन्धुपाल्चोक केन्द्रविन्दु

फागुन १४ मंगलवार,दोलखा र सिन्धुपाल्चोकमा परकम्प गएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्पकै परकम्प आज दिउँसो सिन्धुपाल्चोकमा ४ बजेर २० मिनेटमा ४ दशमलब १ रेक्टर स्केलको परकम्प गएको छ ।यो भूकम्प ५ मिनेटको फरकमा २ पटक धक्का हानेको छ ।

यस्तै दोलखामा दिउँसो ४ बजे ४ दशमलब ४ रेक्टर स्केलको परकम्प मापन केन्द्रले जनाएको छ । गोरखा भूकम्पपछि अहिलेसम्म ५१३ पटकसम्म परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया