काठमाडौँ, चितवनमा शुक्रबार बिहान ५ : ४५ बजे मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक दुर्घटना हुँदा २ जनाको मृ*त्यु भएको छ भनेद १ जना घाइते भएका छन् ।
पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा २ को घटनास्थलमै मृ*त्यु भएको हो । त्यसैगरी दुर्घटनामा १ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार घाइतेलाई उद्दार गरि उपचारका लागि भरतपुर पठाईएको छ । घाइते र मृतक दुवैको परिचय अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
हाल मृतकको शवलाई नदी किनाराबाट बाहिर निकाल्ने प्रयास भैरहेको छ र घटना बारे थप विवरण आउन बाँकी छ ।







