काठमाडौं, २७ साउन । केहीदिन अघिदेखि सामाजिक संजालमा भाइरल भएका कैलालीका २४ वर्षीय अर्जुन विकको अर्को फरक पहिचानको खुलासा भएको छ । अर्जुनले कराते (टइगन टु) को ब्लाक व्यल्ट भएको खुलेको हो ।
से र सीकोट केनीले उनलाई सुरुमा करातेको तालिम दिएको उनले बताए । केनीसंगै उनले ब्ल्यु बेल्टसम्म काम गरेको बताए । त्यसैगरी उनले भारतमा विभिन्न कार्य गर्दै भारतको सुरटमा उनले ब्यल्क बेल्ट प्राप्त गरेको बताए । अर्जुनले आज विहान संख पार्कमा कारतेको केही डेमो समेत प्रदार्शन गरेका छन् ।
उनले यो कालाबाट उनलाई कुनै क्षेत्रबाट अवसार आएमा काम गर्ने समेत जनकारी दिका छन् । त्यसैगरी उनको जीवनसम्म मेल खाने गीत समेत रेकर्ड गरेका छन् । यसको आधारमा अर्जुन एक असल पिता मात्र नभएर कालाकारिता तथा संगितिक क्षेत्रमा पनिरुचि देखिएको छ ।
केही दिन अघि काठमाडौंमा आफ्नो २ वर्षको छोरालाई सर्टमा बोकेर रिक्सा चलाउँदै गरेका अर्जुन सामाजिक सञ्जालमा भाइरल भएका थिए । उनले श्रीमतीले आफुलाई छोडेर गएका कारण छोरालाई बोकेरै काम गर्नुपरेको बताएका थिए ।