प्रेममा बाधक भएको भन्दै आफ्नै प्रेमीलाई १२ लाख दिएर आमाको ज्यान लिएको खुलासा !

भक्तपुरमा एक छोरीले आफ्नै आमाको हत्या गराएकी छिन् । प्रेममा बाधक भएको भन्दै आफ्नै आमाको हत्या गराउन लगाउने ईश्वरी भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै आमाको हत्या गर्न लगाएको आरोपमा उनलाई पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।

उनका अनुसार प्रेममा बाधक भएको निहुँमा आफ्नै आमाको हत्या गर्न लगाउने इश्वरी सहित अन्य चारजनालाई पनि पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा इश्वरीका प्रेमी मोहमद नवशाद पनि रहेका छन् भने हत्या गराउनकै निम्ति भारतबाट बोलाइएका ‘कन्ट्रयाक्ट किलर’ भोला कुमार र मोहमद रहिसलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

इश्वरीकी आमा ६० वर्षीया सावित्री भट्टराईको आइतबार दिउँसो भक्तपुरको खरिपाटीमा घाँटी रेटी हत्या गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया