बुटवल-इलाका प्रहरी कार्यालय मुर्गियाका प्रमुख प्रहरी निरीक्षक केशबबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले घूससहित रंगेहात पक्राउ गरेको छ ।
बस्नेतलाई बिहीबार पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालयका सुचना अधिकारी शुरेस भुसालले बस्नेतलाई बेलुका कार्यालयबाटै नगद १५ हजार घूससहित नियन्त्रणमा लिएको पुष्टि गरे ।
“हो उहा हाम्रो नियन्त्रणमा हुनुहुन्छ सेवा ग्राही संग १५ हजार घुस रकम लिए पछि उहालाई नियन्त्रणमा लिएर मुचुल्का तयार गर्दैछौं” सुचना अधिकारी भुसालले भने ।