न्युयोर्क सिटी, ८ असोज । अमेरिकाको न्युयोर्क सिटी प्रहरी विभागका एकजना अधिकारीलाई चीनका लागि अवैध जासुसी गरेको अभियोग लगाइएको छ । तिव्वतमा जन्मेका बाइमादाजि आंगवांगललाई न्युयोर्कमा वसोवास गर्ने चिनियाँ नागरिकहरुका गतिविधिबारे सुचना संकलन तथा तिव्वती समुदायका गोप्य श्रोतहरु खोज्ने गरेको अभियोग लगाइएको छ ।
अमेरिकी नागरिकता धारण गरेका उनले प्रहरी विभागको समुदाय इकाइ मामिलाका लागि काम गर्दै आएका हुन् । उनलाइ सोमवार पक्राउ गरिएको हो । यदि दोष प्रमाणित भएको खण्डमा उनलाई ५५ वर्ष लामो कारावास संजाय हुन सक्छ । नेपालसमाचार पत्रमा समाचार छ ।