काठमाडौ- प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीले पाउने अनावस्यक सुविधामा लगाम लगाएका छन् । कानुनले व्यवस्था गरेका भन्दा अन्य कर्मचारीले सरकारी सुबिधा लिएको गुनासो बढिरहेका बेला देउबाले यस्तो लगाम लगाएका हुन् ।
प्रधानमन्त्री देउवाले जनताको सेवक बनेर काम गर्न भन्दै जनताले सरकारबाट पाउने सुविधाहरु सहज र चुस्त रुपमा उपलव्ध गराउन पनि निर्देशन दिएका थिए ।
‘सरकारी कार्यालयका टेवल टेवलका शासन आजैदेखि बन्द गराउनुहोस्,’ उनले भने, ‘जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रुपमा काम गर्नुहोस् ।’
प्रधानमन्त्री देउवाले ६ महिनाभित्र तरकारी तथा फलफूल र एक बर्षभित्र खाद्यन्नमा आत्मनिर्भर हुने गरी सम्पूर्ण तयारी गर्न पनि निर्देशन दिएका छन् ।
विद्युत खपत बढाउने, निर्यातलाई प्रबद्धन गर्ने योजना बनाएर अघि बढ्न पनि पनि मन्त्री र सचिवहरूलाई भनेका छन् ।