काठमाडौँ, नेपाल सरकारद्वारा लगाइएको विप्लब प्रतिबन्ध संगै प्रधानमंत्री ओलीले विप्लबले चन्दा माग्न आए नदिन आग्रह गरेका थिए । ओलीको उक्त निर्देशनको आलोचना गर्दै विप्लब समूहले निर्णय विरुद्धको वक्तव्य जारी गरेको छ ।
उनीहरुले जारी वक्तव्यमा चन्दा उठाउनु आफुहरुको नैसर्गिक अधिकार रहेको बताएका छन् । उक्त वक्तव्यमा लेखिएको छ, ‘हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल हो । हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौं । कसैको दलाली गरेर कमिसन खाएका छैनौं । हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं । अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो ।’